अरूको नाममा परीक्षा दिने नाबालक सहित दुई जना नक्कली परीक्षार्थी पक्राउ

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको पूर्वप्रकाशित सूचनाअनुसार भदौ महिनामा सञ्चालित डिप्लोमा तह प्रथम खण्डको सेमेष्टर प्रणालीको परीक्षाअन्तर्गत नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर वडा नं १० मा सञ्चालित परीक्षा केन्द्रमा अरुको नाममा परीक्षा दिने दुई जना नक्कली परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं ६ बस्ने वर्ष २१ को दीपकुमार राय र एक जना नाबालक (उमेर कम भएकोले नामथर गोप्य राखिएको) रहेका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रमको केमेष्ट्री विषयको आंशिकतर्फको परीक्षामा दुई जना नक्कली परिक्षार्थीले परीक्षा दिइरहेको अवस्थामा परीक्षा केन्द्रका कर्मचारीले फेला पारेपछि प्रहरी टोलीले शुक्रबार बजे नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राय र अर्का एक नाबालकलाई चितवन जिल्ला अदालतबाट भदौ १० गतेबाट लागू हुनेगरी म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको