
चितवन । भोलि बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पर्ने नौबीसे–मलेखु खण्ड हरेक रात ५ घण्टा बन्द हुने भएको छ। सडक विभागका अनुसार विभिन्न स्थानका राजमार्गका पुलको गर्डर लन्चिङको लागि राति बन्द गर्न लागिएको हो।
उक्त खण्डमा गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलमा उक्त कार्य हुनलागेको हो। बुधबारदेखि साउन ९ गतेसम्म दैनिक बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सबै सवारीसाधनलाई निषेध गरिएको छ।
एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने गाडी भने चल्न पाउनेछन्। विभागले वैकल्पिक राजमार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न पनि सूचित गरेको छ।