
चितवन । तेन्सी एसोसिएट्सबाट जापानमा उच्च शिक्षा अध्ययनका लागि प्रोसेस गरेका सतप्रतिशत विद्यार्थीले सिओई प्राप्त गरेका छन ।
एसोसिएट्सबाट भाषा कक्षा लिएर प्रोसेस गरेका सतप्रतिशत विद्यार्थीले अध्ययनका लागि अनुमति (सिओई) प्राप्त गरेको एसोसिएट्सका कार्यकारी निर्देशक आकाश गिरिले जानकारी दिनुभयो । बिगत ५ बर्षदेखि उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरुको चाहाना पूरा गर्दै आइरहेको एसोसिएट्सले अप्रिल इन्टेक २०२५ का लागि उत्कृष्ट नतिजा हासिल गरेको गिरिले बताउनुभयो । उहाँले यति धेरै सफलता पहिलो पटक मिलेको भन्दै यसले थप उत्साह बढेको बताउनुभयो ।
“सिओई प्राप्त गरेका विद्यार्थीको एक प्रतिशत काम मात्रै बाँकी रहन्छ । हामीले सिओईलाई भिसा बराबरको सफलता मान्छौँ” गिरिले भन्नुभयो । सिओई प्राप्त भएपछि काठमाडौँस्थित जापानिज दुतावासमा विद्यार्थीको अन्तरवार्ता र पासपोर्टमा छाप लगाउने काम मात्र बाँकी रहने उहाँले बताउनुभयो । जापनिज भाषाका टेष्टहरुमा पनि एसोसिएट्समा अध्यनन गरेका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको उहाँको भनाइ छ ।
तेन्सी एसोसिएट्सको सम्पर्क कार्यलय जापानको टोकियोमा रहेको छ । एसोसिएट्सले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको कार्यकारी निर्देशक गिरिले बताउनुभयो ।
तेन्सी एसोसिएट्समा भाषा कक्षा अध्ययन गर्न चाहनेले एसोसिएट्सको कार्यालय नारायणगढको सहिदचोक र अन्य शाखा कार्यालयहरु सौराहा चोक (टाँडी), कावासोती र काठमाडौँको पुत्तली सडकमा पनि सम्पर्क गर्न सक्नेछन् ।