भोटेकोसी बाढीपीडितलाई नेकपा निकट युवा संघको राहत, ८० परिवारलाई ग्यास सिलिन्डर

नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघ नेपालले राहत सामग्री वितरण गरेको छ। युवा संघले नुवाकोटको विदुर नगरपालिका–५ का बाढीपीडित परिवारलाई ग्यास सिलिन्डरसहितको राहत सामग्री वितरण गरेको हो। संघका युवा नेता ध्रुव अधिकारी, मनोज खत्री, प्रेम प्रधानलगायतको टोलीले ८० वटा ग्यास सिलिन्डर वितरण गरेको जनाएको छ।

राहत वितरण गर्दै युवा नेता अधिकारीले बाढीपीडितको पुनर्स्थापनाका लागि पनि आफूहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन युवा संघ निरन्तर सक्रिय रहने बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको