गण्डकी गाउँपालिका–७ मा ‘वडा अध्यक्षसँग शिक्षक’ कार्यक्रम सम्पन्न

गोरखा । गण्डकी गाउँपालिका–७ को आयोजनामा ‘वडा अध्यक्षसँग शिक्षक’ कार्यक्रम सम्पन्न भएको छ। आज ज्ञानमार्ग माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

वडा अध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना ‘साकार’ प्रमुख अतिथि र शिक्षा विकास तथा समन्वय इकाइ, गोरखाका प्रमुख वीरेन्द्रजंग थापा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, गोरखाका शाखा अधिकृत विश्वप्रकाश रेग्मी तथा अन्य वडाका वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा दिपेन्द्र ढकालले प्रशिक्षण दिनुभएको थियो। वडा नं. ७ भित्र रहेका एक माध्यमिक र चार आधारभूत विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकका समस्या तथा आवश्यकता, जनप्रतिनिधि र शिक्षकबीचको समन्वय तथा आगामी शैक्षिक योजनाका विषयमा छलफल र अन्तरक्रिया गरिएको थियो।

 

उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन श्री शिव आधारभूत विद्यालयले गरेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले कार्यक्रमको खर्च विवरणसमेत सार्वजनिक गर्नुभएको थियो।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष तुलसी रेग्मीले बताउनुभयो। उहाँले विद्यालयको समग्र सुधारका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको