चितवन । नारायणी नमुना माध्यमिक विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार ३८० विद्यार्थीमध्ये ३७ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् ।
त्यसैगरी, ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या २१६ रहेको छ भने ३.२ देखि ३.६ जीपीए ल्याउने १०२ जना रहेका छन् । २.८ देखि ३.२ जीपीए ल्याउने २१ जना तथा २.४ देखि २.८ जीपीए ल्याउने ३ जना विद्यार्थी रहेका छन् ।
विद्यालयका अनुसार २ भन्दा कम जीपीए ल्याउने विद्यार्थी संख्या शून्य रहेको छ । एक जना विद्यार्थीको नतिजा भने शून्य आएको उल्लेख गरिएको छ ।
विद्यालयले यस वर्षको नतिजालाई ऐतिहासिक उपलब्धिका रूपमा लिएको जनाएको छ । उत्कृष्ट नतिजापछि विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूमा खुसी छाएको छ ।









