चितवन । कालिका नगरपालिकाको सिद्धि–कल्याण चौर भित्री सडकखण्डमा गएराति बाेलेरो जीप दुर्घटना हुँदा खैरहनीका राजनीतिक तथा सामाजिक व्यक्तित्व राममणि न्याैपानेकाे मृत्यु भएको छ ।
सिद्धिबाट कल्याण चौरतर्फ गइरहेको बा १८ च ८९७३ नम्बरको बलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खैरहनी ४ निवासी राममणि न्यौपानेकाे भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यू भएकाे हाे ।
प्रहरीका अनुसार बलेरोमा चालक बाहेक अन्य कोही सवार थिएनन् । जीप घटनास्थलमै रहेको छ । घटनास्थल प्रहरी चौकी जुटपानीबाट करिब २० किलोमिटर उत्तर पर्छ।









