अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

चितवन । अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

कारका चालक (बाबु) ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला (आमा) र तीन वर्षीया एक बालक (छोरा)को दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ ।

घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत नीराजन गौलीले नीकै पीडादायक घट्ना घटेको बताएका छन् । एकै परिवारका तीन सदस्यको निधन भएको र एक जनाको उपचार भइरहेको उनले पुष्टि गरेका छन्

एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत बताए ।

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको