चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा  हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका  कर्णबहादुर प्रजा  र विष्णु प्रजा घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए।  जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको