गण्डकी गाउँपालिकामा भोलि एमालेद्वारा जनभेला तथा जनप्रदर्शन गर्ने

गोरखा । नेकपा (एमाले) केन्द्रीय कमिटीले भोलि देशभरका पालिकाहरुमा जन प्रदर्शन गर्ने निर्णय गरेको छ । सोही अनुसार एमाले गण्डकी गाउँपालिका कमिटीले भोलि कार्तिक २५ गते  जनभेला तथा जनप्रदर्शन गर्ने अध्यक्ष भिमलाल श्रेष्ठले बताए ।

उनका अनुसार कार्यक्रम गण्डकी गाउँपालिका–८, सिउरीनटारमा बिहान १०:३० बजे सुरु हुने छ। जनभेलामा पार्टिका नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

शान्तिपूर्ण जनप्रदर्शनमा उत्रन श्रेष्ठले पार्टीका नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको