विश्वकप फुटबल: तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

काठमाडौं ।  कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ। खेल खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८ः४५ बजे सुरु हुनेछ ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो। दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।

मोरक्को र क्रोएसियाले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकिएको थियो। फाइनल खेल भने अर्जेन्टिना र फ्रान्सबीच भोलि (आइतबार) हुनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको