त्रिशूलीको कटानले ज्यामिरेघाट बस्ती जोखिममा, दुई घरमा बस्नै नमिल्ने अवस्था

गोरखा । गत भदौ १० र १४ गते रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण गण्डकी गाउँपालिका–७ ज्यामिरेघाटको बस्ती जोखिममा परेको छ। बाढीले त्रिशूली नदीको धार परिवर्तन गर्दै गोरखातर्फको नदी किनार कटान गर्न थालेपछि ज्यामिरेघाट बस्ती जोखिममा परेको हो।

बाढीले स्थानीय प्रकाश रेग्मी र श्रीराम रेग्मीको घर नजिकैसम्म जमिन कटान गरिसकेको छ। जमिन कटानका कारण दुवै घरमा बस्नसमेत नमिल्ने अवस्था सिर्जना भएको छ।

त्यस्तै, बाढीले स्थानीय गौरीशंकर रेग्मीको खेतसमेत कटान गरेको छ।

हालसम्म घरदेखि करिब ५ मिटर आसपासको जमिन कटान भइसकेको र थप करिब १० घर जोखिममा परेको वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिए। उनका अनुसार नदीले धार परिवर्तन गरी गोरखातर्फको जमिन कटान गर्न थालेपछि बस्ती नै जोखिममा परेको हो।वडा अध्यक्ष रेग्मीका अनुसार ज्यामिरेघाटसँगै धवादीघाट र इटारका केही घरसमेत बाढीको जोखिममा परेका छन्। बाढीले गोरखा र धादिङ जोड्ने धवादी घाटको पुल पुर्ण क्षति र इटारघाटको पुलमा समेत आंशिक क्षति  पुर्‍याएको उनले जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको