भोटेकोशी बाढी: हालसम्म ४६९ शव फेला, १ हजार ५५५ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ भने १ हजार ५५५ जनाको उद्धार गरिएको छ।

फेला परेका शवमध्ये रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नुवाकोटमा ३७, चितवनमा १०६, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जना रहेका छन्।
यस्तै, उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ५२९ र धादिङका ३ जना रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ८४ जना रहेको प्रहरीले जनाएको छ।

बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ८ हजार ३८७ जना प्रहरी परिचालन गरिएको छ।
प्रहरीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको