काठमाडौ । नेपाल र भारतबीचको मैत्रीपुर्ण फुटबल खेल बराबरिमा सकिएको छ ।
आज साँझ दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरिमा रोकिएको हो ।
खेलमा पहिलो हापको ३६ औं मिनेटमा नेपालकालागि अन्जन विष्टले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।
दोस्रो हापको ५९ औं मिनेटमा भरतकालागि अनिरुध थापाले गोल गर्दै खेल बराबरिमा ल्याएका थिए ।
त्यसपछिको समयमा दुबै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
भारत र नेपालबिचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुँदै छ।









