बागमती प्रदेशमा अब घरबाटै सवारी कर तिर्न सकिने

काठमाडौँ । सवारी साधनको सम्पूणर् कर अब अनलाइन प्रणाली मार्फत घरबाट नै तिर्न सकिने भएको छ ।

बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूणर् सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

शुक्रबार प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय, हेटौंडाले डिजिटल अनलाइन पेमेन्ट सेवा संचालनमा ल्याएको हो ।

उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ ।

कार्यालयले कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई-बैंकिङ जस्ता डिजिटल सेवा प्रदायक मार्फत गर्न सकिने जनाएको छ ।

यो व्यवस्था चाँडै देशभर लागू गरिने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको