अनैतिक पूर्वहरुको नाममा प्रधानमन्त्री ओली विरुद्ध चौतर्फी घेरावन्दी !

कमल पाठक, चितवन ।  प्रधानमन्त्री केपी ओलीका विरुद्ध अहिले चौतर्फी घेरावन्दी गरिएको छ । ओलीलाई सत्ताच्यूत गरेर भारतिय कम्फटेबल सरकार बनाउन सकिन्छ की भन्ने अभिप्रायले उनीहरु एक ठाँउमा छन् । अदालतले प्रधानमन्त्री बनाइदिन्छ की भनेर विन्तीपत्र हालेर बसेका छन् । जुन आफैमा असंसदीय छ ।

कहि नभएको जात्रा हाँडीगाउँमा भनेको जस्तो कुनै अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउन भनेर रिट हालेको यो नै संसदीय इतिहासमा कहिल्यै नभएको दृटान्त उनीहरुले पेश गरेका छन् । अझै त्यसमा पनि आफूलाई प्रजातन्त्रको लोकतन्त्रको पहरेदार भएको ठान्ने कांग्रेसका सभापति शेरबहादुर देउवा नै मूख्यकर्ता बनेका छन् । अझै रोचक कुरा के छ भने, संसदीय व्यवस्थामा अरु दलका सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा बहुमत पुग्यो भनेर दावी गर्नु आँफैमा लज्जास्पद र हास्यास्पद मात्रै छैन, लोकतन्त्रको न्यनत्तम चरीत्र भित्र पनि पदैन ।

कांग्रेसका सत्ताका लागि कतिसम्म नाडंगो हुन्छ भन्ने कुरा यहीबाट पनि थाहा हुन्छ । भोली कांग्रेसका केही सांसदको हस्ताक्षर गराएर कसैले बहुमत जुटाए भने कांग्रेसले के गर्छ ? यो पटक्कै सुहाउने कुरा हैन । किन ओलीमाथि घेरावन्दी थालियो ?

भारतीय कठोर हस्तक्षप (नाकाबन्दी) कै बिचमा ओलीले सत्ताको काँडे कुर्सीमा बस्न परेको थियो, बर्षौ देखि नेपाल माथि गर्ने गरेको बिदेशी हस्तक्षपको बिरुद्ध ओलीले भारतसँग सिधासिधा लडाइँ लडेकै हुन् । पछिल्लो समय ओलीले संसद भवनबाट भारतलाई हाम्रो सार्वभौमिता भारतको समान छ, प्रधानमन्त्रीको हैसियत बराबर छ, राष्ट्रियता उत्तिकै महात्वको छ भनेर पाठ पढाए । ६२ बर्ष देखि भारतले हडपेको भुमिको नक्सा सार्बजनिक गरे । १९५० देखिको असमान सन्धि पुनरावलोकनको लागि अध्ययन समिति बनाए । छलफल चलाए ।

पुर्वप्रधानमन्त्रीले बेचेर खाएको करिब १८५ रोपनि भन्दा बढि जग्गा ओलीले फिर्ता गराए । देशै भरिबाट ब्यक्तिले हडपेका ६००० बिगाहाभन्दा बढि सरकारी जमिन फिर्ता गरेर राज्यको अधिनमा ल्याए । धरहरा,रानी पोखरी दरवार हाईस्कुल, भुमरीले उडाएको बाराको सात सय घर, भुकम्पले भत्काएको ८ लाख भन्दा बढि घर मठमन्दिर देवल, स्कुल, सार्बजनिक भबन ओलीकै तीन बर्षे कालमा सम्पन्न भए । विराटनगरमा बर्षोदेखि रहेको भारतिय फिल्ड कार्यालय ओलीकै पालामा हट्यो ।

राष्ट्रिय महत्बका २ वटा अन्तराष्ट्रिय विमान स्थल, फास्ट ट्रयाक, भेरी बंबई सिचाई आयोजना, सिक्टा सिचाई आयोजना ओली कै पालामा बन्दैछ । महेन्द्र राजमार्ग चार र छ लेन बन्दैछ । मध्यपहाडी राजमार्ग, बर्षौदेखि अलपत्र तराईको हुलाकी राजमार्ग बन्न ओली नै चाहियो । विभिन्न जिल्लामा नयाँ एअरपोर्ट निर्माण, भएका एअरपोर्टको स्तर उन्नति सबै ओली कै पालामा भए । महेन्द्र राजमार्गबाट दक्षिणमा रहेका शहर तथा जिल्ला सदरमुकाम वा बोर्डरसम्म आधुनिक सुविधासम्पन्न राजमार्ग बनाउन ओली नै चाहियो । नयाँ हाईड्रोपावर निर्माण देखि बिद्धुत प्रसारण लाईनको बिस्तार ओलीकै पालामा भए,३० बर्ष देखिको राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको पानी काठमाडौ प्रबेश गर्न ओली नै चाहियो । यी र यस्ता हजारौं काम गरेर जनताको समृद्ध बन्ने चाहना पूरा गर्ने मार्गमा लागेको ओलीको बिकासका काम देश खोलिएका दक्षिणीको लगानी रहेका ठूला मिडिया र नेताको भजन गाउन खोलिएका दलाल अनलाइन मिडियाले देखेनन् ।

ओली र एमालेको बिरुद्धमा नक्कली समाचार बनाउने कारखाना नै खोले, गलत अफवाह फैलाए, घेराबन्दी गरे, अरु त ठिकै थियो खैर यस्ता बिकाउ दलालहरु देशका नेता रहुन्जेल अबिकास मै रहुलाँ । तर हाम्रो राष्ट्रियता र स्वाधिनता जस्तो गम्भीर बिषयमा हस्तक्षप गरिदेउ भनेर बिदेशी गुहार्ने, भारतिय हस्तक्षेपलाई हरेक हिसाबले आमन्त्रण गर्ने र उसकै हितमा सरकार बनाउन पर्छ भन्ने, नक्सा निकाल्नु नेपालले अपराध गर्यो भन्दै दिल्लीमा बिन्ती बिसाउने जस्ता कार्य गर्ने नेता र तिनका पछि लाग्ने केही राष्टघाती चिलिमे हुक्केहरु समेत उफ्रिदै देशलाई बिदेशीको जिम्मा लगाउने ठाउँमा पुर्याउन सम्पूर्ण तागत प्रयोग गर्दैछन् । अघिल्लो साल शिक्षामन्त्रीज्युको आदेशमा बढेको झण्डै तीन सय बर्गमिटर हाम्रो कालापानी क्षेत्रको जमिन नै छोडेर नक्सा प्रकाशन गरियो । पाठ्यपुस्तक बजारमा जादैछँ, केही भारतीय दलाल र तिनका मतियार उक्त चुच्चे नक्सा नभएको पुरानो पुस्तक बिक्री गर्दैछन् त्यसमा पनि सरकारले कडा प्रतिबन्ध मात्र होइन बिक्री गरे कारबाही नै हुने घोषणा गरिसक्यो ।

भारतलाई रिझाएर सत्ता सवार हुन सकिन्छ कि भनी अरु नेता ओलीको राष्ट्वाद नक्कली हो भन्दै कराउदैँ गर्छन् ओली राष्ट्रिय स्वाधिनता र समृद्धिको यात्रामा अबिचलित, अकन्टक अगाडि बढ्दैछन् । पाँच पुर्वप्रधानमन्त्री भनेर सरकारको बिरुद्धमा जुन बिज्ञप्ति निकालियो यो बिज्ञप्ति नै राष्ट्घाती छ । आफुहरु पाँचै जना आ आफ्नो पालामा प्रम भएका ब्यक्ति होइनन् ? तिनिहरुले आफ्नो पालामा राष्ट्रियता र समृद्धिको बिषयमा के काम गरे ? जब आफ्नो पालामा मैले यो गरे भनेर भन्न लायक एउटा पनि काम नगरेका देशघाती जनता मार पुर्वहरुले आज निर्वाचित सरकारलाई असयोग गर भनेर राज्यका तमाम निकायलाई धम्किदिने कार्य गर्न मिल्छ ? यस्तो कार्य घोर निन्दनिय मात्र होइन ईतिहासले धिक्कार्ने राष्टघाती कदम समेत हो । राज्य सञ्चालनको प्रणाली हुन्छ । हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा सबै निकाय र प्रणालीले काम गरेको छन, ९९ महिनामा सरकार फेर्ने बानी लागेकाहरु आफू प्रम बन्न पाईन भनेर सडकमा लाज मर्दो अलोकतान्त्रिक चरित्र देखाउन थालेको बर्ष दिन भन्दा बढि भयो ।

के यो देश पुर्वहरुले चलाउने हो ? सबैले अवसर पाएर पुर्व भएका होइनन ? आज पनि राज्यबाट लिइरहेका छन् । अवसर पाउँदा के गरे ? केही गरेको भए पुस्तक, लेख लेखेर आँउदोँ पुस्ताको लागि प्रेरणा बन्नु नि । निर्वाचन आयोगमा निकम्मा पुर्वहरुको जबर्जस्ती,न्यायालयमा असक्क्षम पुर्वहरुको जबर्जस्ती र बरिष्ट अराजकता,राष्ट्रिय योजना आयोगमा पुर्वहरु कै गुण्डागर्दि, हरेक निकायमा पूर्वहरुको यस्तो किसिमको अराजकता र गुण्डागर्दि राज्य आतंक देश बनाउन हो कि सिस्टम कोल्याप्स गर्न हो ? आफुलाई सत्ता चाँहिदा यो हद सम्मको असहिष्णुता दुनियाँमा आज अगाडि कहाँ देखिएको छ ? बर्तमान राज्यका निकाय असक्षम भएका हुन् ?

संविधान र प्रणाली माथि देखाईएको यो हर्कत देश र प्रणाली सिध्याएको हो कि बचाउन ? सत्ताको लागि असंसदीय फोहोरी खेल भयो बिदेशी हस्तक्षणलाई आमन्त्रण गरियो ? समृद्धिको अभियान तुवाउने कार्य अगाडि बढ्यो । जनतामा गएर फ्रेश मेन्डेट लिएर आँउ भन्दा ओली प्रतिगामी, असंवैधानिक र अलोकतान्त्रिक हुने, अनि राज्यका नियम, कानुन र संबिधान र प्रणाली बिपरित पुर्वहरुले सडकबाट देश चलाउने अभ्यास गरेर दबाब दिने र बर्तमानलाई निकम्मा बनाउने काम कसरी लोकतान्त्रिक र संबैधानिक हुनसक्छ महोदय ? यस्तो पुर्वहरुको यो राष्ट्रघाती कदम अत्यन्तै अलोकतान्त्रिक गैह्रसंबैधानिक कार्य आपत्ति जनक मात्र होइन दण्डनिय पनि छ ।

बर्तमानमा राजनीतिक दल र त्यसको नेताले देश संचालन गरेको छ । रातारात देश बिदेशीले लिन सक्दैन् । कसैले गलत नीति लिएर देश संचालन गरेर जनतालाई धोका दियो भने आबधिक निर्वाचनमा त्यो दललाई जनताको मतले ठेगान लाउन सकिन्छ लोकतन्त्रको सुन्दर पक्ष भनेकै त्यहि हो । राजनीतिक दल जहिले पनि देश र जनताको हित हुने काममा लाग्न बाध्य हुन्छ, त्यसो नगरे प्रजापरिषद हुन तयार हुनपर्छ ।

बिपक्षीहरुको आरोप जस्तो ओलीले बेचेर बिगारेर भर्खर देश बिग्रन सक्ने होइन, नीति बेठिक लिएर देश चलाए पाँच बर्ष पछि निर्वाचनबाट ओली र ओलीको पार्टी समाप्त हुने र निर्वाचित असल पार्टीले गलत नीति संशोधन गरि सहि दिसामा मुलुक लान सक्ने सुबिधा हुदाँहुँदै सरकार बनेको दुई बर्षमा आफ्नै दलको घेराबन्दी, साढे दुईबर्ष भित्रपछि देश भित्र रहेका सारा दल, ठुला मिडिया अनलाइन, कथित बुद्धिजीवी र ठग नागरिक समाज एक भएर सरकार बिरुद्ध लाग्ने, झुठा प्रचार गर्ने, फेक न्युज बनाउने र ठिक किसिमले राष्ट्रिय हित र जन चाहना बमोजिम काम गरिरहेको सरकारलाई बिचमै अपधस्त गर्न खोज्नु भनेको निर्वाचनमा जनताले दिएको मत प्रति बेमानहरुको एक मुष्ठ कुण्ठाग्रस्थ आक्रमण हो । निर्वाचित सरकार प्रति यस्तो निन्दनीय आक्रमणको पनि ईतिहासले समीक्षा गर्ला ।

(लेखक पाठक नेकपा एमाले चितवनका नेता तथा नेपाल बार एसोसियसन चितवनका निबर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको