अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

मध्यपुरथिमि ।  कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कटुञ्जेका रामबहादुर थापा, रञ्जनराज ढुङ्गेल लगायतको पहलमा अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीका लागि दुई थान बिरामी राख्ने श्यया, अक्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायत विभिन्न स्वास्थ्य सामग्री पठाएका हुन् ।

उक्त स्वास्थ्य सामग्री नगर प्रमुख वासुदेव थापाले स्वास्थ्य चौकीलाई आज हस्तान्तरण गर्नुभयो । उहाँले नगरपालिकाले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम एवं बजेट ल्याइने बताउनुभयो । उहाँले जगतीमा नगर अस्पताल सञ्चालनको अन्तिम तयारी रहेको र सो अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण खरीदका लागि बोलपत्र भइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष एवम् कटुञ्जे स्वास्थ्य चौकीका अध्यक्ष राजकुमार जोशीले अमेरिका बस्ने यहाँका नेपालीको सहयोगले स्वास्थ्य चौकीको आवश्यकताअनुसारका केही सामग्री सहयोग आउँदा राहत मिलेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको