
भारतीय अभिनेत्री उर्वशी रौतेला फिल्मको सुटिङका क्रममा घाइते भएकी छन् । उनको हातका हड्डी भाँचिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उर्वशी हैदराबादमा तेलुगु फिल्म ‘एनबीके १०९’ को सुटिङ गरिरहेकी थिइन् । फिल्मको एक्शन सिक्वेन्सको सुटिङका क्रममा उनी घाइते भएकी हुन् ।
हाल उनको अस्पतालमा उपचार भइरहेको छ । उनी पूर्ण रुपमा निको भएपछि फेरि सुटिङ सुरु गर्ने बताइएको छ ।
‘एनबीके १०९’ को छायांकन नोभेम्बर २०२३ बाट सुरु भएको थियो । यसमा उर्वशीका अलावा बबी देओल, प्रकाश राज र दुल्कर सलमानको पनि अभिनय छ ।