
चितवन । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजकमा अमित गुप्ता चयन भएका छन् ।
आज सम्पन्न जिल्ला भेलाले कमिटीको सहसंयोजकमा हरि आचार्यलाई चयन गरेको छ ।
कमिटीको सदस्यहरुमा लिलाराम पौडेल (प्रशिक्षण विभाग), प्रकाश कालाखेती (संगठन विभाग), अमित आचार्य (प्रचार विभाग), सरोज तिमिल्सिना (अखिल फोर्स विभाग) र रचना सापकोटा (महिला विभाग) मा चयन भएका छन् ।