गोरखा । गण्डकी गाउँपालिका वडा नं ७ घ्याल्चोक ज्यामिरेघाटमा एक बेवारिसे पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विं.सं २०७३ सालदेखि यहि मजदुरि गर्दै आएका नाम थर नखुलेको तर घर हेटौंडा र आफुलाई गुरुङ दाई भन्ने अन्दाजी ५०-५५ बर्षिय पुरुषको संक्रमणबाट आज मृत्यु भएको वडा अध्यक्ष तुलसी रेग्मीले बताउनु भयो।
बेबारिसे पुरुष तीन दिनदेखि बिरामी थिए ।
उनको मृत्यु भएपछी एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको घ्याल्चोक स्वास्थ्य चौकीका प्रमुख बिमल रेग्मीले जानकारी दिनुभयो।
वडा अध्यक्ष तुलसी रेग्मीले कोरोना संक्रमण स्थानीय स्तरमा फैल्न नदिनको लागि ३ दिन गण्डकी गाउँपालिका-७ को ज्यामिरेघाट क्षेत्र शिल गरिएको जानकारी दिनुभयो।
गण्डकी गाउँपालिकामा यो संगै २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।









