
पूर्वी चितवनको कालिका ६ खोलेसिमल र रत्ननगर १५ माधवपुर बुढिकुलो छेउका घर परिवार, कालिका ६ कै गुराउचौरका र कालिका ६ कै कमलचोक नगरपालिका भवन अगाडिका गरि कुल ७९ परिवारलाई पहिलो दिन गत जेष्ठ २९ गते शनिबार सो सहयोग उपलब्ध गराइएको थियो । अ ड्रप अफ लाईभ हङ्गकङ्गको आयोजना तथा कम्युनिटी रिसोर्स सेन्टर (सिआरसी नेपाल) को समन्वय र नेवाज मल्टिपरपोज सोसाइटीको सहयोगमा सो कार्यक्रम भएको थियो ।

सस्थाले गत जेष्ठ २९ गतेदेखि लगातार बिपन्न बस्ती हरुमा सहयोग उपलब्ध गराउदै आएको नेवाज मल्टिपरपोज सोसाइटीका अध्यक्ष तथा सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठले कालिका दैनिक अनलाइनलाई जानकारी दिनु भयो ।

संस्थाले अशक्त एवम् वृद्धवृद्धा हरूलाई घरमा नै लगेर सो सहयोग सामग्री उपलब्ध गराएको थियो । सिआरसी नेपालका संस्थापक अध्यक्ष डा. विश्व पौडेलको विशेष पहलमा सो सहयोग उपलब्ध गराइएको थियो । हाल सो संस्थाका अध्यक्ष सुवास बराल रहनु भएको छ ।



सो सहयोग हस्तान्तरण कार्यक्रममा नेवाज मल्टिपरपोज सोसाइटीका अध्यक्ष तथा सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँले सो कार्यक्रमहरुको संयोजकत्व गर्नु भएको थियो ।

साथै सो सस्थाले सोही प्रकारको सहयोग र कोरोना सङ्क्रमणका कारण मृत्यु भएका यसै क्षेत्रका विपन्न परिवार हरुलाई पनि खाद्यान्न र नगद सहयोग गर्ने कार्यक्रम रहेको सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।








