चितवन । राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटिको आयोजनामा आज भर्चूअल माध्यय मार्फत बैठक सम्पन्न भएको छ । सो बैठकले प्रकोप तथा विपत व्यावस्थपन र उद्धार कार्यको लागि नगर स्तरीय “विपत व्यस्थापन तथा उद्धार टिम” गठन गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय महासचिव रमेश आचार्यको प्रमुख आतिथ्यतामा सो बैठक भएको थियो । हाल देशमा बाढीपहिरो लगायत बिपत्तिले क्षति पुर्याएको बताउदै महासचिव आचार्यले बिपत्तिमा परेकालाई राहत र उद्धारमा युवाहरु तत्काल लाग्न अनुरोध गर्नु भयो । पार्टीलाई आज चौतर्फी हमला गर्ने र सरकारलाई कमजोर बनाउन विपक्षीहरु लागिपरेको बताउदै उहाँले सरकारको राम्रा कामको प्रचार र विपक्षीको आक्रमणलाई प्रतिकारमा लाग्न पनि निर्देशन दिनुभयो ।
सो बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिब प्रताप डल्लाकोटी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह संयोजक शिशिर सिंखडा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य लक्ष्मण पौडेल, युवा संघ कालिका नगर इन्चार्ज अमृत घिमिरे, युवा नेता हिम्मत पुरी, प्रवासी नेपाली एकता मञ्च जापानका बुद्धिराज लामा लगायतले तत्काल दैबीप्रकोप पीडितलाई राहत र उद्धारमा लाग्न उद्धार टिम बनाई अगाडी बढनु पर्ने बताउनु भएको थियो । सो बैठक राष्ट्रिय युवा संघ नेपाल कालिका नगर अध्यक्ष पुर्ण महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
ताजा समाचार
धेरैले पढेको
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer







