
रवि रेग्मी, गोरखा । निरन्तरको बर्षाले देशको विभिन्न भु-भागमा बाढी पहिरो गएको छ । त्यस्तै बाढी पहिरोले धेरै क्षेत्रमा धनजनको क्षेती समेत पुर्याएको छ । खोला, नदि नालामा आएको बाढिले कतै डुवान भएको छ भन्ने कतै भौतिक संरचना बगाएको छ । यस्तै गोरखाको गण्डकी गाउँपालिकामा पनि निरन्तरको बर्षाका कारण खानेपानीमा समस्या आएको छ ।
गाउँपालिका भित्र अधिकांश ठाउँमा पिउने पानीको मुहान खोला रहेको हुँदा समस्या आएको हो । लगातारको बर्षाले खोलामा बाढी आएको र पानी ल्याउने पाइपहरु बगाएको छ भन्ने कतिपय गाउँमा पानी धमिलो आएको स्थानिय राजु रेग्मीले बताए । उनले भन्ने बर्षौनी बर्खा लागेपछि गाउँमा खानेपानीको अभाव हुने गरेको छ । पहिरोले पानीको मुहानमा क्षति पुर्याएपछी स्थानीयहरु आकाशबाट आएको पानी थापेर प्रयोग गर्न बाध्य रहेका छन । सो गाउँपालिकाको वडा नं ७ ज्यामिरेघाट, गोबिन्टार, चुवाटार, धवादी, भोटार, माझटार, पदेल्टार, बाल्टार, घ्यामुन्टार लगायतका क्षेत्रहरुमा बसोबास गर्ने समुदायलाई खानेपानीको समस्य भएको हो ।