चितवन । चितवनमा १ हप्ता निषेधाज्ञा थपिएको छ । यो संगै निषेधाज्ञा असार १० गते राती १२ बजे सम्म जारी रहने छ ।
आज प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सुचना निकाल्दै निषेधाज्ञा १० गतेसम्म लागु हुने गरि थप गरेको हो ।
आज जिल्ला प्रशासन कार्यलयमा बैठक बसि निषेधाज्ञा थपिएको हो ।
यसअघि जारी गरेको निषेधाज्ञाको समयअवधि भोलि सकिने भएकाले आज फेरि निषेधाज्ञा थप गरिएको हो ।












