
पुजा ढकाल, चितवन । कोरोना सङ्क्रमण नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा लागु भएपछि बिहान बेलुका छाक टार्न सास्ती खेप्दै आएका अति बिपन्न परिवारलाई टिम चैनपुरका युवाले खाद्यान्न सहयोग गरेका छन् ।
‘सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ टिम चैनपुरले सुरु गरेको सो अभियानबाट खैरेनी नगरपालिका वडा नं २, ४ र १०, राप्ती नगरपालिका वडा नं ९, रत्ननगर नगरपालिका वडा नं १४ का १० भन्दा बढी अती बिपन्न परिवारले सेवा लिएको अध्यक्ष बिज्ञान न्यौपानेले बताए ।
जेठ १८ गते देखि सुरु भएको अभियानमा उनीहरुले दाल, चामल, तेल, नुन, सोयाबिन आलु, साबुन र माक्स वितरण गरेका छन् । त्यस्तै जनताको सेवामा घाम पानी नभनी खटिएका ट्राफिक प्रहरीलाई समेत खाजाको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष न्यौपाने बताए ।
अभियानमा विभिन्न सहयोगी हातहरुले सहयोग गरेको टिमका अध्यक्ष न्यौपानेले बताए । त्यस्तै बिज्ञान न्यौपाने, पारस भुर्तेल, बिनोद पाण्डे र प्रज्वल रिजालको व्यक्तिगत प्रयासमा सुरु भएको सो अभियान निषेधाज्ञामा मात्र नभई आगामी दिनमा पनि निरन्तरता दिदै समाजमा परिवर्तन ल्याउने योजना रहेको बताए ।
त्यस्तै अध्यक्ष न्यौपाने भन्छन् – सेवा गर्न इच्छुक व्यक्तिले सम्पर्क नम्बर 9825270807 मा वा (Kumari Bank LTD) रहेको खाता नम्बर 1170055360300001 KISHOR NEUPANE मा सहयोग रकम भर्न सक्नुहुन्छ ।
त्यस्तै एक घर बिहिन परिवारलाई छिटो भन्दा छिटो घर बनाएर सुरक्षीत बसोवासको व्यवस्था समेत गराउने योजना छ, उनले भने ।