
चितवन । नारायणी नदीमा क्षेत्रमा पानीको बहाब (सतह) बढेको छ ।
नारायणी नदी अन्तर्गत त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी नदीको जलाधार क्षेत्रमा सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण नदीमा पानीको बहाब बढेको हो ।
बहाबका कारण सो नदी अन्तर्गत ४ स्टेशन क्षेत्रहरु डुबानको जोखिममा रहेको जनाइएको छ ।
बाढी जोखिम पूर्वानुमान महाशाखाका अनुसार नबलपरासीको गैडाकोट, चर्छरे, रामपूर र अरुण खोला स्टेशन अन्तर्गतका क्षेत्रमा डुबानको जोखिम भएकोले सतर्क रहन आह्वान गरिएको छ ।