गोरखाकि सामाजिक अभियान्ता लोप्चनले चितवनको बिकट गाउँमा बसोबास गर्ने बिपन्न चेपाङ परिवारहरुमा कोरोना महामारीले अनिकाल भएको थाहा पाई फेसबुक अभियान मार्फत संकलित रकमबाट ६० बिपन्न चेपाङ परिवारलाई मङलबार चामल, नुन, तेल, दाल लगायतका सामाग्री सहयोग गरेकी हुन ।


सो बिपन्न गाउँमा “लकडाउनमा चेपाङको पीडा: अपाङ्ग बुबा सहित २२ जनाको परिवार, गिठ्ठा भ्याकुर पनि पाउनै मुस्किल” समाचार प्रकाशित भएको थियो ।










