कर्णालीमा थपिएका दुई मन्त्रीले लिए सपथ

​​​​​​​काठमाडौं । कर्णालीमा थपिएका दुई जना मन्त्रीले सपथ लिनुभएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिनुभएको हो ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । उहाहरू दुवैजना नेपाली कांग्रेसबाट सहभागी हुनुभएको हो । पुनर्गठनपछि कर्णालीको मन्त्रिपरिषद् आठ सदस्यीय भएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको