राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटाले लिए सपथ

काठमाडौँ।  राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले सपथ लिएका छन्।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

देवकोटा गत जेठ ६ मा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी भएका थिए।

स्वतन्त्र रूपमा उठेका उनलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो।

देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको