विपक्षी गठबन्धनमा लागेका थप १२ एमाले नेतासँग स्पष्टिकरण माग (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जना नेतालाई पनि कारवाही प्रक्रिया अघि बढाएको छ ।

 

सोमबार बसेको स्थायी कमिटी बैठकले विघटित प्रतिनिधिसभाका सदस्यहरु जो देउवाको पक्षमा रिट लिएर गए उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि कारवाही अघि बढाइएको हो । स्पष्टिकरण सोधिनेमा निवर्तमान सांसद यसप्रकार छन् :

विरोध खतिवडा
जीवनराम श्रेष्ठ
घनश्याम भुसाल
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
झपट रावल
झलनाथ खनाल
भवानी प्रसाद खापुङ
यज्ञ सुनुवार
सुरेन्द्र पाण्डे
मेटमणि चौधरी
दिपक प्रकाश भट्ट
नारायण खतिवडा

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको