चितवन । पुर्वी चितवनको कालिका-६, खोलेसिमलका ६८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । १ हप्ता अगाडि देखि भरतपुरको पुष्पाञ्जली अस्पतालमा उपचाररत उनको आज दिउसो निधन भएको परिवारजनले बताएका छन ।
उनी मुटु, प्रेसर, सुगरका बिरामी समेत रहेका थिए ।
हाल सम्म कोरोनाका कारण कालिका नगरपालिकामा १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १५३ जना रहेकोे स्वास्थ कार्यालय कालिकाका प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो ।
आज कोरोनाका कारण जिल्लामा ४ जनाको मृत्यु भएको छ भने २४७ जना कोरोना संक्रमित थपिएका छन ।
ताजा समाचार
धेरैले पढेको
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer







