राष्ट्रियसभा सदस्यमा गृहमन्त्री थापालाई पराजित गर्दै देवकोटा विजयी

हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई पराजित गरेका हुन् ।

देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी भएका हुन् ।

देवकोटाले प्रदेश सभा सदस्यतर्फ ५८ मत पाएका थिए जसको मतभार २७८४ हुन्छ भने स्थानीय तह तर्फको मतगणनामा देवकोटाले २३३ मध्ये १२८ मत पाएका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल पक्षको समर्थन रहेको थियो ।

आज विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।

प्रदेश सांसद १०५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २३३ जनाले मतदान गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको