एकाबिहानै भुकम्प गयो: लम्जुङमा सात वटा घर भत्किए, ३ जना घाइते

लम्जुङ । लम्जुङ जिल्लामा भूकम्प जाँदा सातवटा घर भत्किएका छन् भने तीन जना घाइते भएका छन् । घाइतेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

बुधबार बिहान आएको भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका हुन् । मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्काएकजना घाइतेको नाम खुलेको छैन ।

लम्जुङका डीएसपी गंगाबहादुर थापाले सातवटा घर भत्केको जानकारी आएको बताएका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताएका छन् ।

उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का लम्जुङसहित आसपासका मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको