कोरोना सङ्क्रमणबाट सप्तकोशी नगरपालिकाकी उप–प्रमुख चौधरीको निधन

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाकी नगर उप–प्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । ३७ वर्षीया चौधरीको विराटनगर स्थित विराट नर्सिङ होम अस्पतालमा आज  बिहान ४ बजे मृत्यु भएको हो ।
दुई साता अघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजोन परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गर्भवती समेत रहनुभएकी उहाँलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो ।
१० दिनअघि अस्पताल भर्ना हुनुभएको उहाँलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममापनि स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा सारिएको थियो ।
तीन दिन अघि मात्रै उहाँको पेटमा भएको बच्चा पनि मृत अवस्थामा निकालिएको थियो ।
मृतक चौधरीका पति र एक छोरा छन् । उहाँ नेकपा एमालेबाट स्थानीय चुनावमा उप–प्रमुख पदमा विजयी हुनुभएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको