ओलीलाई बधाई दिँदै वामदेवले भने, पार्टी एकतामा सफलता मिलोस्

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले ओली,नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना दिएका छन् ।

 

पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकोमा गौतमले बधाई पनि दिएका छन् ।

‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरू अध्यक्ष क।के।पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क। माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ’, नेता गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ यो नेकपा ९एमाले० का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। के।पी। शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको