माधव नेपालसहित चारै नेतालाई निलम्बन फुकुवाको पत्र पठाइयो

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई कारवाही फुकुवा गरिएको पत्र सम्बन्धित व्यक्तिलाई पठाएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिरहेका बेला कारवाही फुकुवाको पत्र केन्द्रीय कार्यालयका कर्मचारीमार्फत पठाइएको हो ।

अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्रमा २०७७ चैत १६ मा गरिएको प्रतिनिधिसभा सदस्य बाहेक अन्य पदको निलम्बन वैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार फुकुवा गरिएको उल्लेख छ ।

कारवाही फिर्ताको पत्र पठाई सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको