चितवन घर भई जापान बस्ने सापकोटा दम्पतीद्वारा बिबाह उत्सवको अबसरमा चेपाङ बिध्यार्थीलाई खाध्यान्न सहयोग

चितवन । रत्ननगर नगरपालिका वडा नं १ स्थाई घर भइ हाल जापान बस्नु हुने बिरेन्द्र प्रसाद सापकोटा र सृजना ज्ञावली सापकोटाले बैबाहिक बर्षगाठको अबसरमा चेपाङ केन्द्रमा आश्रीत चेपाङ बालबालिकाहरुलाइ खाद्यान्न सहयोग गर्नु भएको छ ।

         चेपाङ संरक्षण केन्द्रका सल्लाहकार दीपक नेपालले केन्द्रमा रहेर अनलाइन शिक्षा लिइरहेका बिध्यार्थीलाई खाध्यान्न अभाव भएको जानकारी पाएपछि नेपालले खाध्यान्न उपलब्ध गराउन भुमिका खेल्नुभएको हो । बिगत लामो समय जापान रहँदै आउनुभएका सापकोटा दम्पतीले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा अनुपयुक्त शिर्षकमा खर्च नगर्ने प्रतिवद्दता गर्दै जापान नै बस्ने  केन्द्रका सल्लाहकार दीपक नेपाल मार्फत जापानबाट टीका कुमारी नेपालको खातामा रु. २१ हजार विप्रेषण गर्नुभएको र सो रकमबाट चामल दाल, मस्यौरा, तेल सहित बचेको नगद रकम केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।    सल्लाहकार दीपक नेपालको विशेष पहलकदमीमा केन्द्र सन्चालनका सुरुवाती वर्ष देखि नै सहयोग संकलन गरी सक्नुभएको छ  ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको