
काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ ।
कोरोना संक्रमणपछि मनमोहन मेमोरियल अस्पतालमा उपचाररत ६१ वर्षीय चौंलागाईंको मङ्लबार बेलुका निधन भएको हो । चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना भएका थिए ।
उनी गत प्रदेशसभा निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका चौलागाईं एमालेभित्र हठी स्वभाव सँगै निष्ठा र त्यागी नेताका रुपमा चिनिन्थे । अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रीय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह–इन्चार्ज, इन्चार्ज, युवा संघको अध्यक्ष हुँदै अगाडि बढेका चौलागाईं २०५६ मा दोलखा १ बाट निर्वाचित भएका थिए ।
दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य थिए।