छोरीको आँखा उपचारका लागि आर्थिक सहयोग माग

बझाङ  ।  जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौराकी ६ वर्षीया शिवानी सिंह र उनका आठ वर्षीय दाजु वैशाख १७ गते अपराह्न ४ बजेतिर घर नजीकै आँगनमा हाँस्दै रमाउँदै खेलिरहेका थिए । एक्कासि आएको हावाहुरीका कारण शिवानीको आँखामा खेलिरहेकै अवस्थामा छारो पस्यो । त्यतिबेला केही पनि भएन र त्यो दिन आँखामा छारो पसेको कुरा उनले आमालाई भनिनन् । विस्तारै शिवानीको आँखा बिझाउन र दुख्न थाल्यो । तीन दिनपछि देब्रे आँखा पूर्णरुपमा बन्द नै भयो ।
आमा धर्मादेवीले भन्नुभयो, “एकातिर पासमा पैसा थिएन । अर्कातिर उपचार गर्न जाऊँ भने कोरोनाले अस्पताल बन्द छन् कि भन्ने सोचेँ । मेडिकलमा जाँदा जिल्ला अस्पताल जाऊ भनियो, जिल्ला अस्पताल जाँदा हामी सक्दैनौँ, धनगढीको गेटा अस्पताल जाऊ भनियो । अब कसरी जाने रु
शिवानीका बुवा लोकेन्द्र २०७७ साल पुसमा काम गर्न भारतको पाण्डेसरी जानुभएको थियो । धर्मादेवीले निन्याउरो मुख लाउँदै भन्नुभयो, “घरमा चामल सकिएको छ । एक कट्टा चामल किन्यौँ । उता श्रीमान् नौकरी लागेको होटलका साहुकी श्रीमतीको कोरोना लागेर मृत्यु भएपछि त्यो नोकरी पनि सकियो ।”
घरमा खाने अन्न पनि नभएको जनाउँदै धर्मादेवीले शिवानीको आँखाको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । बालिकाको उपचारका लागि राष्ट्रिय समाचार समिति ९रासस० का जिल्ला संवाददाता रमेश केसीले रु पाँच हजार सहयोग गर्दै शिवानीको आँखाको नानी बचाउ अभियान चलाई साथीभाइ, इष्टमित्रसँग अर्थ सङ्कलन गर्न लाग्नुभएको छ । रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको