काठमाडौं। मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।
कोरोना महामारीका कारण पार्टीको १४ औं महाधिवेशन प्रभावित बन्ने सम्भावना बढेको छ ।
आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा केन्द्रीय समितिमा महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर छलफल गर्ने सहमति भएको थियो ।
केन्द्रीय सदस्यको पीसीआर गरेर मात्र बैठक बन्ने भन्दै सोमबारका लागि तय भएको बैठक स्थगित गरिएको थियो ।









