जानकी मन्दिरको माटो र कोशीको जल लिएर २ नम्बर प्रदेश प्रमुख माडीमा

काठमाडौं । श्रीरामनवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । उक्त समारोहमा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पनि सहभागी हुने भएका छन् ।

जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो र कोशी नदीको जल लिएर अहिराज माडी पुगेका हुन् ।

उनले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने अपेक्षा व्यक्त गरे ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको