खनाल–नेपाल समूहले आज विशेष अभियानको घोषणा गर्ने

 

काठमाडौं । एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियानको घोषणा आज गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी ओलीको कारबाहीमा परेलगत्तै खनाल–नेपाल समूहले शनिबार संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्न लागेको हो ।

एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने भएको छ ।

शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई अगाडि बढाउने र राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको