एमाले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

चितवन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

एमाले सांसद किरण थापाको नेतृत्वमा १६ जना सांसदहरूले हस्ताक्षर गरेर थपलियाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । यहाँ एमालेका २५ जना सांसद छन् ।

दलको कार्यालयमा प्रस्ताव दर्ता गरेपछि उनीहरू अहिले छलफलमा जुटेका छन् ।

गत १८ गते मध्यरातमा अध्यक्ष केपी ओलीको खप्कीले गुण्डुमै ढलेका थपलिया अस्पताल भर्ना भएका थिए । उनी हिजो वीर अस्पतालबाट हिजो डिस्चार्ज भएका थिए । आफू चितवन घर फर्किँदै गरेको बताउँदै उनले बाटोमै भएको र अविश्वास प्रस्तावबारे थाहा नभएको थपलियाले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको