
काठमाडौँ । सरकारले चार दिनका लागि देशभरका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनदेखि जारी वायु प्रदूषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि देशभरका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले चैत १७ गते मङ्गलवारदेखि २० गते शुक्रवारसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरू बन्द हुने जनाएको छ ।