स्वर्गीय जोशीको सम्मानमा कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टी मुख्यालय सानेपामा आज शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो ।

मष्तिष्कघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ निधन भएको हो । उनको अहिले २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदै छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको