प्रधानमन्त्रीले लगाउनुभयो कोरोना विरुद्धको खोप, दोस्रो चरणको खोप अभियान शुभारम्भ

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा आलीले कोरोना भाइरस विरुद्धको खोप लगाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले १०ः०० बजे आफैले खोप लगाई दोस्रो चरणको खोप अभियान शुभारम्भ गर्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाई दोस्रो चरणको खोप अभियानको शुभारम्भ गर्नुभएको छ ।

आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा १० दिनसम्म ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखी खोप लगाइने र ११ औँ दिनदेखि बाँकी १० दिनसम्म ५५ वर्ष माथिका नागरिकलाई खोप लगाइने छ ।

देशभर ६ हजार बढी खोप केन्द्रबाट सञ्चालन हुने खोप अभियानको यस चरणमा ३७ लाख व्यक्तिलाई खोप लगाइने लक्ष्य रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको