नेपालमा पहिलो पटक दुई चिकित्सकले लगाउनुभयो कोरोनाको खोप

काठमाडौँ । नेपालमा कोभिड १९ महामारीविरुद्धको खोप अभियान आजबाट शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा विहान १० बजेर २३ मिनेटमा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् । प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरे लगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सफाइ कर्मचारी,चालक,एम्बुलेन्स चालक लगायतलाई खोप दिइएको हो ।

आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । नेपाल दक्षिण एशियामा कोभिड विरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा लगाउन थालिएको हो ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको