काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३ सयले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९सयमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २ सयमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४ सयमा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो ।
यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३ सय २० मा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ ।