काठमाडौं। पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो ।
त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत गठित श्री पशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठी जस्ता अध्ययन एवं छानबीन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।