भाङ धतुरो खानेहरुले ममाथि अभद्र व्यवहार गरेका हुन् : मन्त्री भट्टराई
काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरुले आफूविरुद्ध अभद्र व्यवहार गरेको बताएका हुन् ।

विमानमा आउनुअघि शाहीलगायतका केही व्यक्तिले होटलतिर गएर भाङ धतुरो खाएको हुनसक्ने आशंका भट्टराइले गरेका हुन् ।

मन्त्री भट्टराईले राजावादी तथा मण्डलेहरुको जमातले अनावश्यक निहुँ खोजेर अभद्र व्यवहार गरेको आरोप पनि लगाए ।

मन्त्री भट्टराईले आफूले १५ मिनेट ढिला भएकोमा यात्रुहरुसंग माफि मागेको बताउदै विमान कम्पनी तथा पाइलटलाई कुनै दबाब दिएर जहाज उड्नबाट नरोकेको पनि स्पष्ट पारे ।

केहीबेर ढिला हुने भएपछि जहाजसँग सम्बन्धित निकायलाई आग्रह मात्रै गरेको उनले बताए ।

शनिवार एउटा विमान समयमा नउडेपछि यात्रुहरूले गरेको विरोधबारे अहिले निकै चर्चा भएको छ । खासगरी सामाजिक सञ्जालमा त्यसबारे विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन् । कतिपयले मन्त्रीसँग गरिएको अशोभनीय व्यवहार भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको